काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखरा भ्रमण वर्ष, २०२५ समारोह उद्घाटन गर्ने क्रममा बेलुन विस्फोट भएपछि घाइते भएका मेयर आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो ।
उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।मेयर आचार्यको उपचार जारी थियो । आज अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।उनले ‘समृद्ध पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ को लक्ष्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन साथ, सहयोग, र सुझाव अपेक्षित रहने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करार कर्मचारीलाई कात्तिकको तलब दिएर बिदा गर्ने पोखरा महानगरको निर्णय
पोखरा महानगरमा सवा २ लाख बिरुवा रोपिने, अध्ययन समितिले दियो प्रतिवेदन
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
सरकारी जग्गा मिचेर बनेका संरचनामा पोखरा महानगरले चलायो डोजर
पोखरा महानगरपालिकाद्वारा कृषि उपजको समर्थन मूल्य प्रदान