करार कर्मचारीलाई कात्तिकको तलब दिएर बिदा गर्ने पोखरा महानगरको निर्णय

सफल खबर संवाददाता

विहीबार, १५ कार्तिक २०८१, ११ : २०
करार कर्मचारीलाई कात्तिकको तलब दिएर बिदा गर्ने पोखरा महानगरको निर्णय

पोखरा । पोखरा महानगरपालिकाले करारका कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा दिने निर्णय गरेको छ । महानगरको कार्यपालिका बैठकले अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको हो । यसअघि पुसमा बसेको बैठकले साउन १ गतेदेखि बिदा गर्ने निर्णय गरेको थियो ।

तर एमालेले सहमति नगरेपछि पुनः असोजसम्मको म्याद थपिएको थियो । वडा नम्बर १३ का वडाध्यक्ष किरण बरालका अनुसार कात्तिकपछि करार कर्मचारीको म्याद थप हुनेछैन । `बैठकले सर्वसम्मत निर्णय गरेको छ । अब कात्तिक मसान्तपछि उहाँहरू बिदा हुनुहुन्छ,´ उनले भने ।

कांग्रेसले करार कर्मचारी ननिकाले ताला लगाउने चेतावनी दिएको थियो । त्यसपछि बैठक बसेको हो ।