काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार रहेका मनोज कुमार साह सुडीले १२ हजार २८३ मत सहित आफ्नो अग्रता कायम राखेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिव शंकर साह हिराले ९ हजार ३०३ मत ल्याएका छन् भने लोसपाका मनोज चौधरीले ५ हजार १६ मत तथा गठबन्धनबाट उम्मेदवार बनेका लालकिशोर साहले ४ हजार ८०६ ल्याएका छन् ।
उपमेयरमा भने गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका किशोरी साहले १४ हजार ८३२ मतसहित अग्रता बनाएका छन् । त्यस्तै रुणा देवी झाले १०५३४ मत तथा रिता कुमारी मिश्रले ५ हजार २५४ मत ल्याएकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ जेठ २०७९, ०९ : ५१
लेखकबाट थप