काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ५ दलीय गठबन्धन सरकारले एकैचरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गरी लोकतन्त्र र संविधानका विरुद्ध हुन खोजेको प्रतिगमनकारी षडयन्त्रलाई निस्तेज पार्न सफल भएको बताएका छन् ।
गौतम बुद्धको २५६६ औं जन्म जयन्तीका अवसरमा शुझकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले स्थानिय तहको निर्वाचनमा छिटपुटका घटना बाहेक देशभरबाट जनताको उत्साहप्रद सहभागिताले लोकतन्त्रको सबलीकरणमा मद्दत मिलेको बताएका छन् ।
निर्वाचनमा छिटपुटका घटना बाहेक देशभरबाट जनताको उत्साहप्रद सहभागिताले लोकतन्त्रको सबलीकरणमा मद्दत मिलेको उल्लेख गर्दै उनले यसबाट संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनको क्रममा यो चुनाव महत्वपुर्ण भएको बताएका छन् । विज्ञप्तीमा भनिएको छ, ‘५ दलिय गठबन्धन नेतृत्वको सरकारले यो निर्वाचन गराई प्रतिगामी प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न सफल भएको छ ।’
गौतम बुद्धको २५६६ औं जन्म जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले नेपालको भूमिमा जन्मेर शान्तिका दुत गौतम बुद्धले प्राप्त गर्नुभएका ज्ञान आजसम्म सान्दर्भिक र जीवनोपयोगी रहेका उल्लेख गरेका छन् । विज्ञप्तीमा भनिएको छ,‘बुद्धका विचारले विश्व शान्ति र मानव कल्याणका लागि आज पनि उत्तिकै महत्व राख्ने भएकाले सामाजिक ऐक्यवद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामुहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिल्छ ।’
प्रचण्डले निर्वाचन प्रक्रियामा अहोरात्र खटिएका निर्वाचन आयोगका कर्मचारीहरु, निर्वाचन पर्यवेक्षक, आम जनसमुदाय, नागरिक समाज, पत्रकार र सबै सुरक्षाकर्मीमा हार्दिक धन्यवाद समेत व्यक्त गरेका छन् । त्यसैगरि आजकै दिन परेको किरात समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा समेत शुझकामना व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ‘प्रचण्ड’ को प्रश्न: सरकार मालिक र नागरिक दास हो ?
प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
बेनीमा माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने
‘प्रचण्ड’को सचिवालयमा हेरफेर
माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको छ : प्रचण्ड
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड