सप्तरी । सप्तरीको खडक नगरपालिका-१ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजकुमार साह आठ सय ११ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का सिंहेश्वर मण्डलले ६३८ मत प्राप्त गरेका छन् । वडा नम्बर २ मा जसपाका हरेराम मण्डल निर्वाचित भएका छन् । उनले २६८ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसका धर्मदेव साहले ३५९ प्राप्त गरे ।
यस्तै, शम्भुनाथ नगरपालिका-१ मा नेपाली कांग्रेस वडा अध्यक्षका उमेदवार जीबछ साहको प्यानल विजय भएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १६ : १४
लेखकबाट थप