जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ मा पनि कांग्रेसको प्यानलले क्लिन स्विप गरेको छ । आइतवार आएको परिणामअनुसार जनकपुरधाम–२ मा कांग्रेसका शिव कुमार साह ६११ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अशोक कुमार गुप्ताले २९५, नेकपा एमालेका संतोष कुमार साहले १५७ मत ल्याएका छन् ।
यस्तै, कांग्रेसबाटै महिला सदस्यमा सीता देवी साह ५५८, दलित महिला सदस्यमा धनेश्वरी देवी मुखिया ५५३, सदस्य अमित कुमार साह ४९९, महेश खत्वे ४२३ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरधामले जनाएको छ । यसअघि वडा नं. १ मा कांग्रेसको पूरै प्यानल विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १२ : ०४
लेखकबाट थप