जनकपुर उपमहानगरमा मतगणना सुरु, वागीको अग्रता

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, ०८ : ०३
जनकपुर उपमहानगरमा मतगणना सुरु, वागीको अग्रता

file Photo

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकामा मतगणना शुरु भएको छ ।  बिहानैदेखि सुरु भएको मतगणनाको शुरुवाती चरणमा नेपाली कांग्रेसका बागी उम्मदेवारले अग्रता लिएका छन् । कांग्रेसका बागीलाई स्वतन्त्र उम्मदेवारले पछ्याएका छन्। 

मतगणनाका क्रममा कांग्रेसका बागी उम्मेद्वार मनोजकुमार साहको घन्टाघर चिह्नमा ३९ मत खसेको छ। स्वतन्त्र उम्मेदवार बलराम महतोको आँप चिह्नमा १० मत परेको छ।

अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहको लालटिन चिन्हमा ७ मत परेको छ। एमालेका शिवशंकर साह हिराको पक्षमा पनि ७ मत परेको छ । जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ।

प्रतिक्रिया दिनुहोस