कालिका । चितवनको कालिका नगरपालिकाको मेयरका उम्मेदवार शिवराम केसीले आफु विजयी भए भ्रष्टचारमा शुन्य सहनशिलता अपनाउने प्रतिवद्धता जनाएका छन् ।
सत्ता गठबन्धनले कालिकामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफु आर्थिक रुपमा लालायित नहुने र अरुलाई पनि हुन नदिने बताए । 'म प्रष्ट भएर छु । भ्रष्टचारमा शुन्य सहनशिलताको आधारमा अघि बढ्ने छु, उनले भने, 'म आफु पनि आर्थिक रुपमा लालायित हुने छैन र कसैलाई गर्न पनि दिने छैन ।'
यस्तै उनले गठबन्धन विजयी भए कालिकाका सबै सुकुमबासीले लालपूर्जा पाउने प्रतिवद्धता पनि जनाए । लालपूर्जाको नाममा सधैं राजनीति हुँदै आएको भन्दै अब सुकुमबासीको नाममा हुने राजनीति अन्त्य हुने उनको भनाइ थियो ।
यो भूमिहिनको नाममा सधैं भरी राजनीति । अब मलाई भोट हाल्नु तपाईलाई म लालपूर्जा दिन्छु भनेर वर्षौदेखि सुन्दै आएक्को कुरा हो । मैले ०७४ मा पनि सुनेको थिए । अब यो मुद्धा लिएर कालिकामा कसैले राजनीति गर्न पाउनेछैन । लालपूर्जा सबैको हातमा परिसक्नेछु, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १८ : १०
लेखकबाट थप