स्थानीय तह निर्वाचन

बाबुरामको गृहनगरमा गठबन्धन तोडियाे, जसपा र एमालेबीच तालमेल

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १६ : ०४
बाबुरामको गृहनगरमा गठबन्धन तोडियाे, जसपा र एमालेबीच तालमेल

गोरखा । सत्तारूढ पाँच दलीय गठबन्धन तोड्दै जनता समाजवादी पार्टीले गोरखाकाे पालुङटार नगरपालिकामा नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । 

सहमतिअनुसार नगर प्रमुख पदमा नेकपा एमालेले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ भने उपप्रमुख पदमा जनता समाजवादी पार्टीले नेकपा एमालेको उम्मेदवारलाई सहयोग गर्ने निर्णय भएको छ । 

नेकपा एमाले र जनता समाजवादीले मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै एक आपसमा सहयोग गर्ने उल्लेख गरेका छन् । विज्ञप्तीअनुसार वाडा नम्बर ६, ७ र १० मा नेकपा एमालेलाई सहयोग गर्ने र वडा नम्बर ४ र ५ मा जनता समाजवदीलाई सघाउने छन् । साथै, जिल्लाको अन्य पालिका र वडामा पनि एकआपसमा सहमति गरी निर्वाचनमा जाने निर्णय भएको छ । 

पालुङटार जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो। पालुङटारमा जसपाबाट प्रेमबहादुर गुरूङ मेयर उम्मेदवार छन्। यहाँ एमालेबाट उपमेयरमा पार्वतीदेवी पाठक उम्मेदवार रहेकी छन्।

प्रतिक्रिया दिनुहोस