स्थानीय तह निर्वाचन

नारायणगढका व्यवसायीको एउटै स्वरः अनुभवी विकासवादी र सक्षम नेतृत्व फेरी आउनुपर्छ

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १५ : ४३
नारायणगढका व्यवसायीको एउटै स्वरः अनुभवी विकासवादी र सक्षम नेतृत्व फेरी आउनुपर्छ

चितवन । चितवनको मुख्य बजार क्षेत्र नारायणगढका व्यवसायीहरु अनुभवी विकासवादी र सक्षम नेतृत्व फेरी आउनुपर्ने पक्षमा उभिएका छन् । भरतपुर महानगरको मेयर, उपमेयरमा अनुभवी, विकासवादी नेतृत्व हुनुपर्नेमा उनीहरु लविङमा लागेका छन् । स्थानीय तहको चुनाव २०७४ का बेला चुनावी तालमेलमा सकारात्मक नबनेका व्यवसायी यसपाली चुनावी तालमेलको पक्षमा देखिएका छन् । नारायणगढका अगुवा व्यवसायी भन्छन्, “दल होइन, विकास गरेर देखाउनेलाई अवसर दिनुपर्छ, हामी जिताउन लाग्नेछौँ ।”

नाम सार्वजनिक नगर्ने शर्तमा उनी भन्छन्, “यो दल, उ दल भनेर लाग्दा विकासमा भरतपुर धेरै वर्ष पछि प¥यो, अब उचाईमा लैजानुपर्छ, सक्षम व्यक्तिलाई जिताउनुपर्छ ।” भरतपुरको १, २ र ३ नम्बर वडामा १७ हजार ५ सय ९५ जना मतदाता छन् । यी वडामा ५ मतदान स्थल, १९ मतदान केन्द्रहरु छन् । “०७४ को चुनाव अघि भएको व्यवसायी हत्याका कारण पनि बजार क्षेत्र केही असन्तुष्ट, आक्रोशित थियो”, ती व्यवसायी भन्छन्, “यसपाली बजार क्षेत्र खुलेर सक्षम नेतृत्व जिताउन लागेको छ ।”

भरतपुरले पछिल्लो ५ वर्ष विकासमा गरेको प्रगति कसैले लुकाएर नलुक्ने अर्का पुराना एक व्यवसायी बताउँछन् । “ठुला–ठुला आयोजना भित्रिए, धुलाम्मे सडक कालोपत्रे भए”, उनी भन्छन्, “नीजि क्षेत्रसँग पनि सार्वजनिक नीजि साझेदारीका अभ्यास भए, यी गलत थिए भनेर कसैले पत्याउँछ ?” उद्योग, व्यवसायीको नेतृत्व गरिसकेका एक दर्जन अगुवाहरु खुलेर अनुभवी नेतृत्वलाई जिताउन लागेका छन् । चुनावी नारा, आकर्षक घोषणपत्रभन्दा पनि परीक्षणमा सफल भैसकेका नेतृत्वको खोजी महानगरले गरेको उनीहरुले बताए  ।
 

प्रतिक्रिया दिनुहोस