जनजातिको शतप्रतिशत भोट मलाई आउंँछ : कन्दङ्गवा

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १२ : ००
जनजातिको शतप्रतिशत भोट मलाई आउंँछ : कन्दङ्गवा

चितवन । आसन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका देशकै चासो र चर्चा बिषय बनिरहेको बेला अहिलेसम्म पनि उमेद्वारहरुलाई मतदातासंँग मत माग्न भ्याई नभ्याई छ । वडा नम्बर १२ पांँच दलीय गठबन्धनको दह्रो साथ र सहयोग पाएका नरेन्द्र कुमार कन्दङ्गवाले सोमबार सम्म वडाको सबै टोलमा घरदैलौ कार्यक्रम सकि सकेका छन । यहांँ ७ हजार ९२ मतदाता रहेको मिश्रीत समुदाय भएको  यो वडामा ४० प्रतिशत बसोबास  जनजाती समुदायको  रहेको अनुमान छ । 

कन्दङ्गवा आफै पनि जनजाति हुन् । एकातिर जनजातिको मौलिक परम्परा र संस्कृतिले पनि उनीहरुबीच एकता र भाईचारा बढी हुन्छ ।  जनजाति समुदाय र कन्दङ्गवा बीच पनि त्यतिकै गहिरो आत्मियता र सम्बन्ध रहेको छ  । ‘मलाई अन्य समुदायले मन र मत दिईरहेका बेला जनजातिको बाक्लो उपस्थितिले कलमले आफ्नो साख गुमाउंँदैन भन्नेमा म ढुक्क छु ।जनजातिको शतप्रतिशत भोत मलाई आउंँछ । ’ घरदैलो गर्ने क्रममा कन्दङ्गवाले भने । यसअघिनै  वडाको हरेक गल्ली गल्ली घर घरसंँग परिचित र दुःख सुख साटेका उनलाई फेरी वडाबासीले पुनः एकपटक अध्यक्ष भएर हेर्न चाहेको उनले बताए । समाजशास्त्रमा स्नाकोत्तर सम्म पढेका क्षमतावान  उनले वडाको विकास र निकास गर्न सकिन्छ भन्ने उनको लागि ठूलो बिषय होइन । तर उनलाई एउटा कुरामा भने  चित्त बुझ्दैन अनि चिन्तित पनि हुन्छन । ‘चुनावको बेला भोट किनेर विकास गर्छु भन्नेलाई मत नदिनुहोला , उनले भने, विकास त दामले होइन कामले गर्नुपर्छ । ’ आफूले अब जित हात पारेको खण्डमा वडाबासीको लागि आयआर्जन , प्रविधिमैत्री वडा, शुसासन र पारदर्शीत जोड दिने उनले प्रतिबद्धता व्यक्त गरे । 

हप्ता दिन भन्दा बढीको घरदैलोमा आफूले वडावासीको उत्साहजनक सहभागिता रहेको र वडाबासीको मुहारमा सधै हांँसो खुशी देख्ने गरी पुन काम गर्न चाहेको बताए । कन्दङ्गवा राजनीति संँगै सामाजिक सेवामा पनि उत्तिकै क्रियाशील छन । गठबन्धनको साथ पाएसंँगै उनी एकीकृत समाजवादीको तर्फबाट कलम चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन ।  

प्रतिक्रिया दिनुहोस