काठमाडौं । निर्वाचन आयोगले मौन अवधिको समयमा मतदातालाई प्रभावित पार्न र मतदान गर्न आग्रह गर्दै उम्मेदवारहरुले सन्देश पठाउन सक्ने भन्दै रोक्न नेपाद दूरसञ्चार प्राधिकरणलाई आग्रह गरेको छ।आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमा मौन अवधिमा कुनै प्रचार हुन सक्ने सन्देश र अन्य सन्देश पठाउन रोक्न प्राधिकरणलाई आग्रह गर्ने निर्णय आयोगले गरेको जानकारी दिए।
प्रचारमा रोक लगाएको अवधिमा मोबाइल नेटवर्क मार्फत् यस्तो सन्देश पठाउने सक्ने अवस्थातिर मध्यनजर गर्दै यस्तो निर्णय गरेको उनले बताए। वैशाख ३० गते हुने निर्वाचनमा मंगलबार राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, १७ : ०९
लेखकबाट थप