गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १६ : ५४
गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं  । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल ‘नेपाली’लाई निर्वाचनको प्रचारप्रसारमा पदको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण सोधेको छ।

आयोगले सोमबार पोखरेलले चुनाव प्रचारप्रसारका क्रममा पदको दुरुपयोग गरेको भन्दै स्पष्टीकरण सोधेको हो।पोखरेलले मुख्यमन्त्री पदमै रहेका बेला नेपाली कांग्रेसको प्रचार प्रसारमा सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस