काठमाडौं । कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका सुधारको विषय न्यायपालिकाको मात्र विषय नभएको बताएका छन्।
कानून दिवस २०७९ का अवसरमा सन्देश दिँदै का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायाधीश, सरकारी वकिल कानून व्यवसायी कर्मचारीलगायत सरोकारवाला निकायको पहलबाट मात्रै न्यायालयको सुधार सम्भव रहेको बताएका हुन्।
उनले विश्वव्यापी कोभिड १९ का कारण सेवा प्रवाहमा संकुचन आएको भन्दै शीघ्र न्यायसम्पादनमा अवरोध सिर्जना भएको बताएका छन्। कार्कीले सेवाग्रहाीले न्यायप्राप्तिको वास्तविक अनुभूति अदालतबाट भएका फैसला कार्यान्वयनमार्फत मात्र गर्नसक्ने भन्दै फैसला कार्यान्वयनको विषय प्राथमिकतामा राखेको बताएका छन्।
‘क्षतिपूर्तिसहितको न्यायको संवैधानिक सुनिश्चितताको विषयलाई कार्यान्वयन गर्नका लागि न्यायपालिका हरतरहले प्रयासरत रहेको छ’, उनले भनेका छन्, ‘पीडित राहत कोषको प्रभावकारी परिचालनमा सरोकारवाला सबैको सकारात्मक पहल आवश्यक देखिएको छ।’
कार्कीले न्यायपालिकाको विकृति नियन्त्रणका लागि गठन भएको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न प्रतिबद्ध रहेको समेत बताएका छन्।प्रधानन्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनास्वरूप प्रत्येक वर्ष वैशाख २६ गते कानुन दिवस मनाइन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, ११ : ०३
लेखकबाट थप