पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आफ्नो दललाई सबभन्दा आवश्यक भएको बताएका छन् ।
आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताए । उनले भने, ‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो ? आज कांग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी सहभागी भएका छन् । त्यसकारण कांग्रेसका साथीहरुबाट गठबन्धनलाई शंका उपशंका गर्ने काम गर्नु हुँदैन ।’
ओलीले संसद भंग परेपछि गठबन्धन बनेको र अरु दल उदार भएर कांग्रेसलाई सरकारको नेतृत्वमा ल्याएकाले गठबन्धनलाई सफल पार्नु आफूहरुको कर्तव्य भएको बताए । उनले भने, ‘गठबन्धन बचाउन पोखरा महानगर मात्र होइन, सबै पालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी हुन जरुरी छ ।’
ओली स्वयं र उनले नेतृत्व गरेको पार्टी प्रजातन्त्र, गणतन्त्रको खिलापमा रहेको उनले बताए । देउवाले भने, ‘स्थायित्व स्थिरताका लागि गठबन्धनलाई जिताउनु पर्छ । ओलीले जित्यो भने संसद भोलि नै भंग गरिदिनसक्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, १४ : ५६
लेखकबाट थप