मोरङ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले विकासको सम्भाहक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनुपर्ने बताएकी छन् ।
स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोणसभामा उनले रोजगारी सिर्जना, सुकुम्बासीमुक्त र बाढीमुक्त सहर निर्माण गर्ने विश्वास दिलाएकी हुन् ।
महानगरका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार शून्य पालिका, सफा, सुन्दर सहर र दोस्रो ठूलो पालिका बनाउने प्रतिबद्धता व्यक्त गरे । विराटनगनर–११ वडा अध्यक्षका उम्मेदवार रामशुन्दर राजवंशीले कालोपत्र सडक, स्वच्छ खानेपानी, व्यवस्थित ढलको व्यवस्था गर्ने बताए ।
केन्द्रीय सदस्य सङ्ग्रौला, प्रमुख उम्मेदवार कोइरालासहितको एक जुलुसले वडाका विभिन्न क्षेत्रका परिक्रमासभामा परिणत भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ बैशाख २०७९, १२ : ५५
लेखकबाट थप