काठमाडाैँ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको हेलिकप्टर चढेर तनहुँको सदरमुकाम दमौली पुगेका छन् ।
शनिबार सत्तारुढ गठबन्धनले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी भएर देउवा नेपाली कांग्रेसले आयोजना गरेको सभामा सहभागी हुन तनहुँ पुगेका हुन् । देउवासंगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महत पनि तनहुँ पुगेका छन् ।
बिहान साढे १० बजे सुरु हुने भनिए पनि बुटवलमा भएको चुनावी सभालाई देउवाले प्राथमिकता दिँदा दमौलीको कार्यक्रम साढे एक बजेलाई सरेको थियो । हेलिकप्टरबाट झरेर उनी तनहुँ जिल्ला उपसभापति देवकुमार श्रेष्ठको निजी सवारी साधन चढेर कार्यक्रमस्थलमा पुगेका छन्
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, १५ : २९
लेखकबाट थप