काठमाडौं।पोखरा महानगरपालिकामा चुनाव चिन्ह विवादमा पक्राउ परेका अटेरी अभियानका समर्थक अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यलय पोखराले आफूले रोजे अनुसारको चुनाव चिन्ह नपाएर विवाद हुँदा खड्काले लौरो चिन्ह पाएपछि निर्वाचन अधिकृतलाई नै लौरो बर्साउने चेतावनी दिएका थिए।गत १८ वैशाखमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले ५ हजार ५ सय रुपैयाँ जरिवाना गरेर रिहा गर्न आदेश भएको कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए। धरौटीपश्चात् खड्कालाई हिजो शुक्रबार रिहा गरिएको हो।
पोखरा महानगरपालिका प्रमुखमा उम्मेदवारी दिएका अटेरी अभियानका उम्मेदवार खडकराज पौडेल गनेशले सुरुमा लौरो चिन्ह रोजेका थिए। चुनाव चिन्ह पाएको केही घण्टा नबित्दै आयोगले लौरो चिन्ह दिन नमिल्ने बताएपछि अभियानका समर्थकहरू निर्वाचन अधिकृतको कार्यालय अघि पुगेर प्रदर्शन गरेका थिए। प्रदर्शनकै क्रममा खड्काले आचारसंहिता उल्लंघन गरेको भन्दै त्यसको भोलिपल्ट प्रहरीले उनलाई पक्राउ गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, १३ : ५६
लेखकबाट थप