मतदाताकाे अपमान गरेकाे भन्दै आरजु राणाविरुद्ध उजुरी

सफल खबर संवाददाता

शनिबार, २४ बैशाख २०७९, ११ : ०१
मतदाताकाे अपमान गरेकाे भन्दै आरजु राणाविरुद्ध उजुरी

काठमाडाैँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

प्रधानमन्त्री पत्नी समेत रहेकी आरजु देउवाले बिहीबार डडेल्धुरामा आयाेजित चुनावी सभामा ‘कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने’ भन्दै दिएको अभिव्यक्तिले मतदाता र करदाताको गम्भीर अपमान भएको भन्दै डडेल्धुराकै हरिशप्रसाद अवस्थीले उजुरी दिएका हुन्।आरजुले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित चुनावी कार्यक्रममा मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने बताएकी थिइन्।

निश्चित दलको मेयर भएको ठाउँमा मात्र राज्यको स्रोत उपलब्ध गराउने कुरा अन्यायपूर्ण हुने उजुरीमा उल्लेख छ।राणाको उक्त अभिव्यक्ति निर्वाचन आरसंहिता विपरीत रहेको भन्दै उनलाई सो विषयमा स्पष्टीकरण सोधी कानुन अनुसार कारबाही गर्न उजुरीमार्फत् माग गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस