काठमाडौं ।कलाकार सन्दिप क्षेत्री चितवनको भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार रेनु दाहालको पक्षमा खुलेका छन्। भरतपुरमा आयोजित पाँच दलीय सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा पुगेर बोल्दै उनी रेनुको पक्षमा उभिएका हुन्। तर उनले आफूले कुनै पार्टीको साधारण सदस्यतासमेत नलिएको जिकिर गरे।
‘मलाई कुन पार्टीमा कसरी सम्बोधन गरिन्छ केही थाहा छैन। मैले कुनै पार्टीको साधारण सदस्य पनि लिएको छैन’, उनले भने, म पार्टीको पक्षमा बोल्न आएको पनि होइन, व्यक्तिगत रुपमा रेनु दिदीको पक्षमा बोल्न मन लागेर आएको हुँ।’
उनले आफ्नो ससुराली चितवन भएको र भरतपुरमा पाँच वर्षको अवधिमा देखिएको परिवर्तनले आफूलाई यहाँसम्म तानेको बताए। ‘मेरो ससुराली यहीँ हो। म अर्कै कामले आएको थिएँ। दिदीको कार्यक्रम छ भनेर आऊँ आऊँ लाग्यो।’ उनले भने।
क्षेत्रीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई गज्जबको छोरी पाएको भन्दै रेनुको प्रशंसा समेत गरे
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १६ : १४
लेखकबाट थप