चुनावपछि गठबन्धन बिर्सने हो भने विश्वास गर्न सकिंदैन : कांग्रेस नेता गुरुङ

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १४ : ४२
चुनावपछि गठबन्धन बिर्सने हो भने विश्वास गर्न सकिंदैन : कांग्रेस नेता गुरुङ

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारुढ गठबन्धनका नेताहरुले गठबन्धनको निरन्तरता हुने प्रतीज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताएका छन् ।

बिहीबार सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उनले चुनाव जितेपछि गठबन्धन गर्ने र चुनावपछि बिर्सने प्रवृत्तिका कारण गठबन्धनप्रति शंका उत्पन्न भएको बताए ।‘नेताज्यूहरुले यो गठबन्धन निरन्तर जान्छ भन्ने प्रतीज्ञा गर्नुपर्‍यो, तब मात्र चितवनका जनताले विश्वास गर्छन्,’ उनले भने, ‘तपाईंहरुले यो गठबन्धन निरन्तर लाने प्रतीज्ञा गर्नुस् । हामी तलका कार्यकर्ता तपाईंहरुको पछि पछि लाग्छौं ।’

केन्द्रीय सदस्य गुरुङले गठबन्धनको नाममा कहिले कता कहिले कता लाग्ने र टुट्ने–फुट्ने प्रवृत्तिका कारण चितवनका नागरिकले भरोसा टुटेको बताए ।‘चुनावमा पद प्राप्त गर्न गठबन्धन गर्ने र चुनाव सिद्धिएपछि गठबन्धन बिर्सने हे भने विश्वास गर्न सकिँदैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस