ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बसेका थिए । उनीहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ बैशाख २०७९, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईद्वारा पाथीभरा मुकुम्लुङ केबलकार विवादबारे १९ बुँदे ध्यानाकर्षण
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
बाढी पहिरोले ताप्लेजुङमा दार्जनौं परिवार विस्थापित
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ८ विद्यार्थी घाइते