काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आयोगले तीन दिनभित्र चित्त बुझ्दो जवाफसहितको पत्र काटेको हो।
स्थापितको अभिव्यक्तिबारे पत्रपत्रिकामा देखेपछि कारण सत्य के होरु भनेर बुझ्न पत्र काटेको निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए।मेयरका उम्मेदवार स्थापितले वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतलाई ‘यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ बैशाख २०७९, १३ : २८
लेखकबाट थप