नमूना मतपत्रमा चुनाव चिन्ह हाल्नुपर्ने माग गर्दै जनकपुर उपमहानगर मेयरका प्रत्यासी साह बसे धर्ना

सफल खबर संवाददाता

सोमबार, १९ बैशाख २०७९, १२ : ०१
नमूना मतपत्रमा चुनाव चिन्ह हाल्नुपर्ने माग गर्दै जनकपुर उपमहानगर मेयरका प्रत्यासी साह बसे धर्ना

जनकपुर । आसन्न स्थानिय तहको चुनावमा मेयर पदमा उम्मेदवारी दिएका जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साह मुख्य निर्वाचन अधिकृत कार्यालयमा धर्ना बसेका छन्।

नमूना मतपत्रमा आफुलाई प्रदान गरिएको चुनाव चिन्ह वेवसाईट र मतपत्रमा नहालिएको र त्यो हाल्न आग्रह गर्दा पनि नहालिएको धर्नामा बस्नुपरेको उनले बनाएका छन् ।  नेपाली कांग्रेसका नेता साह पार्टीबाट टिकट नपाएपछि बागी उठेका थिए। 

‘आधिकारिक वेबसाइटमा नमूना मतपत्रमा १७ वटा छाप मात्रै देखाइएको छ। ११ जना उम्मेदवारको चिन्ह देखाइएको छैन,’ उनले भने, ‘हिजोदेखि मैले कुरा राखेको छु, तर अहिलेसम्म राखेको छैन।’ नमूना मतपत्रमा चिन्ह नराखेको भन्दै धर्नामा बस्न बाध्य भएको उनले बताए।

निर्वाचन आयोगले भने स्वतन्त्र उम्मेदवार धेरै भएका ठाउँमा पुनः मतपत्र छपाइ गर्ने तयारी गरेको छ। आयोगले अनुमान गरेभन्दा धेरै संख्यामा उम्मेदवारी परेपछि केही जिल्लाका स्थानीय तहमा फेरि मतपत्र छपाइ गर्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस