काठमाडाैँ । नेकपा एमालेबाट काठमाडौं मेयरका उम्मेदवार भएका केशव स्थापितलाई कारवाही गर्न मानवअधिकार संघसंस्थाहरुले माग गरेका छन् । मिटूको आरोपबारे प्रश्न गर्दा उनले सार्वजनिक कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएका थिए ।
त्यसैलाई आधार बनाएर ४५ संघसंस्थाले उनीमाथि कारवाही गर्न माग गरेका हुन् । यी संघसंस्थाले सार्वजनिक स्थानमा नै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गरेकाले पार्टीले तत्काल कारवाही गर्नु पर्ने माग गरेका हुन् । उनको मेयरको उम्मेदवारीसमेत रद्द गर्नु पर्ने माग उनीहरुको छ ।
यसअघि २०५४ सालमा मेयर हुँदा उनले काठमाडौं महानगरपालिकाकै कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ । यो आरेपबारे प्रश्न गर्दा स्थापितले बारम्बार उत्तेजक जवाफ दिँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ बैशाख २०७९, ११ : ३५
लेखकबाट थप