काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गरिन लागेको हो ।
यसअघि वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरेर वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने समय आयोगले दिएको थियो । यस्तै वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गरी वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो ।
सोहीअनुसार शनिबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । यी सबै कार्यक्रमहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने उनको भनाइ छ ।
स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ बैशाख २०७९, ०७ : ५६
लेखकबाट थप