एकीकृत समाजवादीको मकवानपुर अध्यक्षमा न्यौपाने

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १६ : ००
एकीकृत समाजवादीको मकवानपुर अध्यक्षमा न्यौपाने

काठमाडौं । नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन्।बुधबार समाजवादीका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेपछि न्यौपानेलाई जिल्ला अध्यक्षमा चयन गरिएको हो। बिहीबार बसेको समाजवादीको सचिवालय बैठकले पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर सह–इन्चार्जसमेत रहेका न्यौपानेलाई अध्यक्षको जिम्मेवारी दिएको छ।

उनलाई वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनसम्मका लागि अध्यक्षको जिम्मेवारी दिइएको एकीकृत समाजवादी मकवानपुरले जनाएको छ। न्यौपाने बागमती प्रदेशको पूर्वमुख्य न्याधिवक्तासमेत हुन्।

स्थानीय तह निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै पोखरेलले बुधबार पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस