काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला सचिव उमेश गुरुङ र माओवादी केन्द्र प्रदेश परिषद् सदस्य भक्त लुङ्गेलीले दर्ता गराएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिने भएका छन्।उनीहरूले आफूले दर्ता गरेको मनोनयन फिर्ता लिने बारेमा सहमत भएको बताए। गुरुङले सन्दकपुर गाउँपालिका र लुङ्गेलीले माई नगरपालिका प्रमुखमा उम्मेदवारी दर्ता गराएका थिए।
उनी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट माई नगर प्रमुखको उम्मेदवार थिए। निर्वाचनमा उनले १ हजार ८४७ मत पाएका थिए। सन्दकपुर गाउँपालिकामा एमालेले गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा पार्टी जिल्ला उपाध्यक्ष उदयबहादुर राईलाई नै पुनः अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
माईमा ५ दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नगर अध्यक्ष धनकुमार लिम्बुलाई अघि सारिएको थियो। सत्ता गठबन्धनभित्र माई नगरका प्रमुख र उपमेयर लगायतका पदमा सहमति भएको भनिए पनि नगर प्रमुख पदमा चाहिँ गठबन्धनभित्रकै नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष अनिल तामाङ, नेपाली कांग्रेसका नगर सचिव गंगाराम काफ्ले (अर्जुन) र जनता समाजवादी पार्टीका टुपेन्द्रकुमार एक्तेनले समेत उम्मेदवारी दिएका छन्।
गठबन्धनका दलभित्र उम्मेदवारी फिर्ता गराउने बारेमा छलफल अघि बढाइएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १४ : ४५
लेखकबाट थप