काठमाडौं ।नेपाली कांग्रेसको कारबाहीमा परेका कर्णबहादुर मल्लले सुदूरपश्चिम प्रदेशसभा सदस्य पद त्यागेका छन् । बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रदेशसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
कांग्रेसले यसअघि नै उनलाई पार्टी हितविपरीत काम गरेको भन्दै कारबाही गरिसकेको छ । यही ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा आफूनिकट कार्यकर्तालाई विपी कांग्रेसबाट उम्मेदवारी दर्ता गर्न लगाएपछि उनलाई पार्टीले कारबाही गरेको हो । उनलाई कांग्रेसले पार्टीबाट निष्कासित गरिसकेको छ ।
दुई भागमा बाँडिएको कांग्रेस डडेल्धुराको मल्ल पक्षले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ । उनको पक्षले एमालेसँग तालमेल गरेर जिल्लाको सातवटै स्थानीय तहमा उम्मेदवारी घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, १४ : ३८
लेखकबाट थप