काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा धेरै पदमा उम्मेदवारी दिएको छ । नगरपालिकाको मेयर र उपमेयर, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यमा गरी एमालेका करिब ३३ हजार जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका ३१ हजार, नेकपा माओवादी केन्द्रका २२ हजार, राप्रपा र स्वतन्त्र उम्मेदवार १२–१२ हजार र नेकपा एकीकृत समाजवादीका ११ हजार जनाले उम्मेदवारी दिएका निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगको विवरण अनुसार, नेकपा एमालेले ७५३ स्थनीय तहमध्ये ७३६ वटाको प्रमुख पदमा उम्मेदवारी दिएको छ भने १७ वटाको प्रमुख पदमा उम्मेदवारी र्दिको छैन । नेपली कांग्रेसले ७५३ मध्ये ६४६ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको छ । उसले १०७ स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दिएको छैन । यो निर्वाचनमा कांग्रेसले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ ।
त्यसपछि क्रमशः राप्रपा, नेकपा माओवादी केन्द्र, जनता समाजवादी दल, एकीकृत समाजवादी र अनि मंगोल नेशनल अर्गनाइजेसनले धेरै उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १६ : ५४
लेखकबाट थप