काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीको जवाफ दिने भएका छन् ।
स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति संयोजकसमेत रहेका महामन्त्री थापाले बुधवार दिउँसो १ बजे बत्तीसपुतलीमा कार्यक्रम गर्दै त्यसको जवाफ दिने भएका हुन् । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’ बारे कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा जवाफ दिने कांग्रेसले जनाएको छ ।
मंगलवार एमाले अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र विचार शून्य गाली पुराण भएको र पागलहरूको प्रलाप भनेर टिप्पणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ बैशाख २०७९, १२ : ४७
लेखकबाट थप