काठमाडौं ।नेपाली कांग्रेसले ओखलढुंगाको आठ वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । नेपाली कांग्रेसले एक नगरपालिका र सात गाउँपालिकाको प्रमुख-उपप्रमुखका उम्मेदारहरुको नाम टुंग्याएको हो ।सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति तेजेन्द्र खनाललाई उम्मेदवार बनाइएको छ ।
सुनकोशी गाउँपालिकामा अध्यक्ष कमल तामाङ र उपाध्यक्षमा सुनिता अधिकारी, खिजीदेम्बा गाउँपालिका अध्यक्षमा भुपेन्द्र बस्नेत र उपाध्यक्षमा सुशिला तामाङ, मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली राई र उपाध्यक्षमा माया राईलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले जानकारी दिए ।
यस्तै चम्पादेवी गाउँपालिका अध्यक्षमा नवराज केसी, लिखु गाउँपालिका अध्यक्षमा अशोक कार्की, मोलुङ गाउँपालिका अध्यक्षमा प्रकाश दाहाल र चिशङ्खुगढी गाउँपालिका उपाध्यक्षमा सन्तोष बाबु थापालाई उम्मेदवार बनाउने निर्णय भएको उनले बताए ।सिद्धिचरण नगरपालिका उपमेयर, चिशङ्खुगढी गाउँपालिका अध्यक्ष, लिखु, मोलुङ, र चम्पादेवी गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार माओवादी केन्द्रको भागमा परेको छ । अहिलेसम्म माओवादी केन्द्रले चिशङ्खुगढी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बाहेक आफ्नो भागमा परेका अन्य पालिकाहरुको उम्मेदवारको टुंगो लगाएको छैन ।
माओवादी केन्द्र ओखलढुंगाका अध्यक्ष निशान्त शर्मालाई चिशङ्खुगढी गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनाइएको छ । माओवादीको भागमा परेका सिद्धिचरण नगरपालिका उपमेयर, लिखु, मोलुङ र चम्पादेवी गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार आइतबार बेलुकासम्म टुंगिने माओवादी केन्द्र प्रदेश कमिटी सदस्य हेमसागर पाराजुलीले जानकारी दिए ।
आ–आफ्नो भागमा परेका वडाहरुको अध्यक्ष तथा सदस्यका उम्मेदवारहरुको नाम टुङ्ग्याउने काम अन्तिम चरणमा पुगेको दुवै पार्टीले जानकारी दिएका छन् ।
ओखलढुंगामा कांग्रेस र माओवादी केन्द्र बीच चुनावी गठबन्धन गर्ने सहमित भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १७ : ०८
लेखकबाट थप