काठमाडौं ।समीक्षा बास्कोटाले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी छन्।
उनले विवेकशील साझा पार्टीबाट मेयर पदका लागि उम्मेदवारी दर्ता गरेकी हुन्। उनको मनोयन पत्रको प्रस्तावकमा मोदन श्रेष्ठ र समर्थकमा विन शाह छन्।बास्कोटा विवेकशील साझा पार्टी, बागमती प्रदेशीको पूर्व संयोजक र अहिले केन्द्रीय कार्य सम्पादन समितिकी सदस्यसमेत हुन्।
बास्कोटाले काठमाडौँ स्कूल अफ लबाट कानुनमा स्नातक र अमेरिकाबाट स्नातकोत्तर गरेकी छन्। कानुन व्यवसाय तथा उद्यमीका रुपमा विगतमा क्रियाशील रहे पनि अब जीवनमा राजनीतिलाई निरन्तर अगाडि बढाउने उनले बताएकी छन्।उनी ०७४ सालको प्रदेशसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. १ ‘क’बाट उम्मेदवार थिइन्। त्यस्तै उपमेयर पदमा भने सोही पार्टीबाट कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएकी छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १७ : ०१
लेखकबाट थप