स्थानीय तह निर्वाचन

कांग्रेस बैठक : महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउने जिम्मा देउवालाई

सफल खबर संवाददाता

आइतबार, ११ बैशाख २०७९, १६ : ५१
कांग्रेस बैठक : महानगर र उपमहानगरपालिकाको उम्मेदवार टुंग्याउने जिम्मा देउवालाई

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट महानगर र उपमहानगरपालिकामा लड्ने उम्मेदवारको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई सुम्पिने निर्णय गरेको छ । 

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले देउवालाई उम्मेदवार टुंगो लगाउने जिम्मेदवारी दिएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । बैठकले महानगरपालिकाको टिकट वितरणका लागि १४ सदस्यीय संसदीय समिति गठन गरेपनि अन्ततः देउवालाई नै टिकट वितरणको अधिकार प्रत्यायोनजन गरिएको हो ।

यस्तै उपमहानगरपालिकाको टिकट प्रदेश संसदीय बोर्डले वितरण गर्ने वैधानिक व्यवस्था भएकामा त्यो अधिकार पनि खोसेर देउवामा प्रत्योजित गरिएको छ । 
अब देउवाले पार्टीका तर्फबाट लड्ने मेयर तथा उपमेयरको उम्मेदवार नेताहरुसँगको परामर्शको आधारमा टुंगो लगाउनेछन् । 

सत्ता गठबन्धनमा भएको सहमतिअनुसा काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयर पदमा उम्मेदवार उठाउने छ भने वीरगन्ज, भरतपुर र पोखरामा उपमेयर पदमा उम्मेदवार उठाउने छ । यस्तै उपमहानगरतर्फ धरान, इतहरी, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढीमा मेयर उम्मेदवार उठाउनेछ भने जितपुर सिमरा, घोराही र हेटौडामा उपमेयर भाग पाएको छ ।

प्रतिक्रिया दिनुहोस