काठमाडौं । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल ९टेवान० को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पुतलीबजार नगरपालिका–९ मा सञ्चालित कोल्मा पोखरीछाप कम्युनिटी होमस्टेका सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ ।
कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएका अवस्थामा यसको पुर्नरुत्थानसँगै त्यहाँका होमस्टे सञ्चालकलाई व्यवसाय बढाउन सहयोग गर्ने उद्देश्यका साथ क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको टेवानका अध्यक्ष रेनुु थापाले जानकारी दिइन्। तालिममा पोखरीछाप कम्युनिटी होमस्टेका ४० जनाको सहभागिता रहेकाँ छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १६ : २९
लेखकबाट थप