काँग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

सफल खबर संवाददाता

आइतबार, ११ बैशाख २०७९, १६ : १३
काँग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

file-photo

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । 

बैठकले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका तीन महानगरपालिकाका मेयरको टुंगो लगाउने छ । यस्तै काँग्रेसले पाएका महानगरपालिकाका उपमेयरको पनि टुंगो लगाइनेछ । 

काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी पत्नी श्रृजना उम्मेदवार बन्ने पक्कापक्की भएपनि काँग्रेसले भाग पाएको अन्य स्थानको टुंगो लाग्न सकेको छैन । नेताहरुबीच उम्मेदवारको विषयमा यसअघि आन्तरिक छलफल चलेको थियो ।

प्रतिक्रिया दिनुहोस