ताप्लेजुङ । १ लाख ५० हजार रुपैयाँ घूससहित ताप्लेजुङबाट मालपोत अधिकृतलाई अख्तियारले पक्राउ गरेको छ । कार्यालय प्रमुख समेत रहेकी अधिकृत लेखा पनेरु महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग माग गरेको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
उनी रकमसहित फुङलिङ नगरपालिका वडा नम्बर ४ स्थित कोप्चेबाट आइतबार पक्राउ परेको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । उनीमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ बैशाख २०७९, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
बाढी पहिरोले ताप्लेजुङमा दार्जनौं परिवार विस्थापित
पाथीभरामा १६ लाख ५० हजारभन्दा बढी भेटी सङ्कलन
ताप्लेजुङमा ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, ८ विद्यार्थी घाइते
ताप्लेजुङमा विद्युत् आयोजना बढ्दै