सल्यान । नेकपा माओवादी केन्द्रले सल्यानका १० पालिकामध्ये ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ । अन्य तीन पालिकामा भने धेरै आकांक्षी भएकाले उम्मेदवार टुंगो लागेको छैन । शारदा नगरपालिकामा मेयरमा प्रमोद श्रेष्ठ, बनगाड कुपिण्डे नगरपालिका मेयरमा कर्णबहादुर बुढाथोकी, कालिमाटी गाउँपालिका अध्यक्षमा पुरुषोत्तम भट्टराई, कपुरकोट गाउँपालिका अध्यक्षमा प्रकाश भण्डारीको सिफारिस गरिएको छ ।
यस्तै त्रिवेणी गाउँपालिका अध्यक्षमा राजेन्द्र थापा, सिद्ध कुमाख गाउँपालिका अध्यक्षमा रामबहादुर बुढाथोकी र दार्मा गाउँपालिकाका अध्यक्षमा निमबहादुर केसीको नाम सर्वसम्मत सिफारिस भएको माओवादी केन्द्र सल्यानका संयोजक कृतिबहादुर पुनले बताए ।
पुनका अनुसार बागचौर नगरपालिकाबाट ६ जना, कुमाख गाउँपालिकाबाट ५ जनाको नाम सिफारिस भएको छ । छत्रेश्वरीबाट अहिलेसम्म कसैको नाम सिफारिस गरिएको छैन, यहाँ सहमतिका लागि प्रयास भैरहेको गाउँ कमिटी अध्यक्ष प्रेम खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० बैशाख २०७९, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेनीमा आज माओवादीको सभा, प्रचण्डले सम्बोधन गर्ने
माओवादीको पदाधिकारी बैठक खुमलटारमा बस्दै
माओवादी संसदीय दलको बैठक आज बस्दै
माओवादीले माग्यो सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा
चितवनमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा