काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ । २७३३ बिन्दुबाट सुरु भएको बजार घट्दा परिसूचक २७१६ बिन्दुमा पुगेको हो ।मंगलबार ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार कारोबार भएकामध्ये ७१ कम्पनीको मूल्य बढ्यो । १७२ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।मंगलबार नेप्सेका दुई बाहेक सबै उपसमूहको सूचक घटेको छ । जलविद्युत् उपसमूहको सूचक ०.१५ र अन्य उपसमूहको ०.४३ प्रतिशतले बढेको छ ।
मंगलबार जोशी हाइड्रोपावर, सामुदायिक लघुवित्त, मध्य भोटेकोशी जलविद्युत् लगायत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । त्यस्तै कर्पोरेट विकास बैंक, ग्रिन विकास बैंक, सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक लगायतका लगानीकर्ताले धेरै गुमाए । यी सबै कम्पनीको मूल्यमा मंगलबार नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २७३० अंकमा
उच्च अंकले बढ्यो सेयर बजार
नेप्से परिसूचक १० अंकले घट्यो
सेयर कारोबार ९ अर्ब नाघ्यो
साताको सेयर बजार : २.५ प्रतिशत बढ्यो बजार, यी हुन् मूल्य धेरै बढेका कम्पनी
५२ अंकले बढ्यो सेयर बजार, ९ अर्ब २० करोडको कारोबार