काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू दोस्रो र तेस्रोपटक प्रधानमन्त्री हुँदा गरिबी र भ्रष्टाचारमा मुछिएकाहरूबारे राम्रोसँग अनुभव गर्न पाएको बताएका छन् ।
मंगलबार म्याग्दीको बेनीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले राजनीतिक दलका नेता, भूमाफिया र दलालहरूले देशको सुशासनविरुद्ध खेलिरहेको थाहा पाएको बताए ।
‘मैले दोस्रो र तेस्रो पटक प्रधानमन्त्री हुँदा नेपाल र नेपाली जनतालाई गरिबी र भ्रष्टाचारमा राख्ने को हुन भन्ने बुझेँ, देखेँ,’ प्रचण्डले भने, ‘यीनीहरूविरुद्ध एउटा नयाँ आन्दोलन मैले छेड्नैपर्छ । हजारौं नयाँ बेपत्ताहरूको सपना, समाजमा भएका विभेद र विकृतिविरुद्ध, सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मैले नलडे कसले लड्छ भन्ने लाग्यो ।’
त्यसपछि आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा नेपाल र नेपालीका लागि सकिनेजति गरेको बताए ।
‘नेपालको स्वतन्त्र परराष्ट्र नीति अन्तर्गत दुईवटा ठूला छिमेकीसँग राम्रो सम्बन्ध बनाएर नेपाल र नेपालीका लागि के गर्न सकिन्छ भनेर आफूले सकेजति गरेँ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘पहिलो पटक भारतको प्रधानमन्त्रीले आफ्नै मुखबाट सिमानाको समस्या संवादबाट हल गर्छौं भनेर पहिलोपटक भन्नुभयो । आफैंमा यो एउटा इतिहास हो ।’
उनले अघि भनेका छन्, ‘जति दिन सिंहदरबारमा रहन्छु, एउटा रेकर्ड बनाउने मेरो प्रयास हुनेछ भनेको थिएँ । त्यसको निम्ति सबैभन्दा ठूलो कुरा यो देशलाई सधैँ पछि पार्ने बिडम्बना भनेको, विकृति भनेको भ्रष्टाचार नै हो ।
भ्रष्टाचारमा राजनीतिक दलका नेता पनि राम्रैसँग मुछिने गरेको, भूमाफिया र दलालहरूले त जनताको पसिना नराम्रोसँग चुस्ने गरेको रहेछ ।’ आफू भारत भ्रमणका बेलामा एकैचोटी ८ वटा परम्परागत सम्झौतामा हस्ताक्षर गरेको उनले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० वर्ष पार हुँदा पनि जनताका लागि २५ को जवान जसरी दौडिएको छु : प्रचण्ड
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
राजावादी वितण्डाको विरोध गर्दा राहत महसुस गरेपनि ओली सरकारप्रति नरम छैनौं: प्रचण्ड
हामीले सरकार बनाउने र ढाल्ने खेलमा बढी समय दियौँ, अब वर्गतिर फर्किन्छौँ : प्रचण्ड
ज्ञानेन्द्रको विवेकहीनताका कारण राजावादीको आततायी सभा बन्यो : प्रचण्ड
कुलमानबारे प्रधानमन्त्रीको स्पष्टीकरण चित्त नबुझे आन्दोलनमा जान्छौं : प्रचण्ड