काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनबीचको लडाई भएको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवसको उपलक्ष्यमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अग्रगमन र पश्चगमनबिचको लडाईमा अग्रगामी शक्तिले जित्नै पर्ने बताए ।
‘हामी निर्वाचनको संघारमा छौं । यो निर्वाचन प्रतिगमनले जित्ने हो वा अग्रगमनले। परिवर्तनका पक्षधरको जीत हुने हो या परिवर्तन विरोधीहरुले । यो देशका उत्पीडित जाति क्षेत्र लिंग समुदायका जनताको जित हुने हो वा ति जनतामाथि शासन गर्ने सामान्ती प्रवृत्ति भएकाको जित हुने हो भन्ने विषयमा फैसला हुँदै छ’ प्रचण्डले भने। यस्तै प्रचण्डले एमाले भन्दा वित्तिकै सबै खतम भनेर नसोच्न आग्रह गरेका छन्।
‘एमालेभित्र इमान्दार कम्युनिस्टहरु ठूलो संख्यामा छन्। लिडरसिप भन्ने कुरा धेरै ठूलो कुरा रहेछ। लिडरसिप गलत मान्छेको हातमा गयो भने इमान्दार कम्युनिस्टहरु पनि केही समय रनभुल्ल हुँदा रहेछन्। या फुत्किन गाह्रो हुँदो रहेछ’ प्रचण्डले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनमा मात्रै होइन। विश्व कम्युनिस्ट आन्दोलनमा पनि हामीले देखेका छौं । चाहे रुसमा भएको प्रतिक्रान्तिको कुरा गरौं। वा अन्य पूर्वीय युरोपको कुरा गरौं। इमान्दार कम्युनिस्ट हुँदा हुँदै पनि लिडरसिपले गलत लाईन लिँदा इमान्दार कम्युनिस्टहरु त्यसका शिकार हुने खतरा हुँदो रहेछ।’ एमालेमा भएका इमान्दार कम्युनिस्टहरु गलत प्रवृत्तिका विरुद्ध लड्न लड्न प्रचण्डले आग्रह गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, १७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को सचिवालयमा हेरफेर
माओवादीमा प्रवेश गर्नेको लहर देशव्यापी चलेको छ : प्रचण्ड
माटोको माया नगर्ने प्रवृत्तिले विदेशिने क्रम बढ्यो : प्रचण्ड
वर्षमानलाई लिएर किन तेह्रथुम जाँदैछन प्रचण्ड ?
हतियार उठाउने कुरा गरेका छैनौं, तर भ्रष्टहरुविरुद्ध शान्तिपूर्ण संघर्षमा छौं: प्रचण्ड
गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिऔँ : प्रचण्ड