काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग व्याधिबाट मुक्त समाज निर्माण गर्न चाहेको बताएका छन् । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको मंगलबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मानव जातिको भविष्यलाई सुखमय भविष्य, सम्मृद्धिमय, अभावमुक्त र रोग व्याधिबाट भरसक मुक्त समाज बनाउन चाहेको बताएका हुन् ।
उनले फागुन ६ गतेसम्म चल्ने यस वर्षको एचपीभी खोप अभियानलाई देशव्यापी रुपमा सञ्चालन हुने बताए । उनले विद्यालयपछि स्वास्थ्य संस्थाबाट यो सेवा प्रदान गर्ने भन्दै प्रधानमन्त्रीले यस अभियानले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गर्ने विश्वास व्यक्त गरे ।
उनले क्यान्सरको रोकथाम नै हुँदैन भन्ने धारणा सत्य नभएको भन्दै क्यान्सरलाई पनि रोकथाम गर्न सकिने बताए । ‘जसमध्ये पाठेघरको मुखको क्यान्सर जनस्वास्थ्य समस्या नरहनेगरी आज हामीले प्रारम्भ गरेका छौ’, उनले भने ‘हामीले निरोगी नेपालको नारा दिएका छौ ।
प्रधानमन्त्रीले मानिस बिरामी नै हुन नपरोस् भन्नका लागि व्यापक प्रयास गरिने भन्दै त्यसका लागि आहार बिहार र आरामको सन्तुलन मिल्नुपर्ने बताए । ‘पाचन प्रणालीको स्वास्थ्यताले मानिस स्वस्थ हुन्छ’, प्रधानमन्त्रीले आहारको कुरा पेट भर्नमात्र नभएर स्वस्थ हुनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजा फालेको दिन उत्सव मनाउँदैछौं, सबै सहभागी बनौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, आजै मन्त्रिपरिषद्को बैठक बस्दै
प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना
तीनकुने घटनामा न्यायिक छानबिन गर्नेबारे विचार गर्छौं : प्रधानमन्त्री
सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न : प्रधानमन्त्री
थाइल्याण्ड भ्रमण अत्यन्त सफल र फलदायी रह्यो: प्रधानमन्त्री ओली