बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक

सफल खबर संवाददाता

मंगलबार, २२ माघ २०८१, ११ : ५३
बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक

बागमती । बागमती प्रदेशमा आज सर्वदलीय बैठक बोलाइएको छ । माघ २३ गते बोलाइएको प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको दिउँसो ३ बजे सर्वदलीय बैठक डाकेका हुन् ।

प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते मात्र सुरु भएको थियो । उक्त बैठकमा ३ वटा विधेयक पेस गर्ने भनिएको थियो । तर दलहरूबीच सहमति नजुट्दा विधेयक पेस हुन सकेको थिएन ।

सत्तापक्षमा रहेका नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा अन्य दलहरूले बजेट खर्चको पारदर्शिता र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन् । यी विषयमा दलहरूबीच थप छलफल आवश्यक रहेको जनाउँदै सभामुखले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस