काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान शुभारम्भ भएको छ ।
विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज महाराजगन्जको शिवपुरी माध्यमिक विद्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले काठमाडौँ महानगरपालिका–३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य किट प्रदान गरी अभियानको थालनी गरेका हुन् ।
आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन यो अभियान सञ्चालन हुँदै छ । देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका करिब १७ लाख किशोरीलाई यो खोप दिन लागिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीका एक लाख किशोरीलाई दिइँदै छ एचपीभी खोप
सात हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइँदै
क्यान्सरविरूद्धको थप पाँच लाख एचपीभी खोप ल्याइयो
एचपीभी खोपको दोस्रो मात्रा दिन सुरु
एचपीभी खोपको दोस्रो मात्रा लगाइँदै