काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा भारतबाट नेपालमा करिव दुई खर्बको डिजेल, पेट्रोल र एलपीजी ग्यास भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिका उक्त इन्धन नेपालले आयात गरेको हो ।
सो अवधिमा भारतबाट कूल १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपीजी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ । विभागले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार रुपैयाँको डिजेल, ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रुपैयाँको पेट्रोल र ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपैयाँको एलपीजी ग्यास नेपाल भित्रिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा जति मूल्यको इन्धन नेपाल भित्रिएको थियो त्योभन्दा बढी चालु आर्थिक वर्षको पहिलो नौ महिनामा भित्रिसकेको विभागको तथ्याङ्कले देखाउँछ ।
विभागका अनुसार गत आर्थिक वर्ष भारतबाट नेपालले कूल १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको इन्धन आयात गरेको थियो । अघिल्लो एक वर्षमाभन्दा यसवर्षको पहिलो नौ महिनामा नेपालले ३८ अर्ब १ करोड ३२ लाख ३३ हजार रुपैयाँ बढीको इन्धन आयात गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ बैशाख २०७९, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोल र डिजेलको मूल्य बढ्यो
वीरगन्ज नाकाबाट घट्यो डिजेल आयात
बढ्यो डिजेल र मट्टितेलको मूल्य
पेट्रोलियम पदार्थको मूल्य घट्यो
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
आजदेखि बढ्यो डिजेल र पेट्रोलको मूल्य