बिरगंज । पर्साको वीरगन्ज नाकाबाट डिजेल आयातमा घटेको छ। चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ। आव २०८१/८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ हजारको दुई लाख ४६ हजार सात सय १९ किलोलिटर डिजेलको आयात भएको थियो।
गत आवको सोही अवधिमा भने रु ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व संकलनमा असर परेको बताए।
मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्यांकरबाट नै पैठारी हुँदै आएको छ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताए । उनले भने,’सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ। त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।’
त्यसैगरी, चालु आवको चार महिनामा रु १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको एक लाख ४२ हजार आठ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ।
गत आवको सोही अवधिमा रु १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको एक लाख २९ हजार एक सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोल र डिजेलको मूल्य बढ्यो
बढ्यो डिजेल र मट्टितेलको मूल्य
पेट्रोलियम पदार्थको मूल्य घट्यो
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
आजदेखि बढ्यो डिजेल र पेट्रोलको मूल्य
घट्यो पेट्रोल र डिजेलको मूल्य