काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको हो ।
भाउ घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १४७.५, सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४९ र काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा १५० रुपैयाँ छ ।
पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हेरफेर भएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ कार्तिक २०८१, २० : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल आयल निगम रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलको मूल्य बढ्यो
नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि कर्मचारी (सूचना सहित)
पेट्रोलियम पदार्थको मूल्य घट्यो
घट्यो पेट्रोल र डिजेलको मूल्य