पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

सफल खबर संवाददाता

शनिबार, ०३ फागुन २०८१, २१ : ३२
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ  । इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१ ० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०।५८ रुपैयाँले बढेर र डिजेलमा  ३।५९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ । 

निगम सञ्चालक समितिको निर्णयानुसार १६ फेब्रुअरी २०२५ (मिति २०८१–११–०४)को बिहान ००ः०१ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोलमा १ रुपैयाँले बढाइएको र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो । 

प्रतिक्रिया दिनुहोस