काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय रुपैयाँ दिन्न भन्न नमिल्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयमा जारी वार्तामा मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले आयोगको निर्णय कार्यान्वयन हुने बताए ।
उनले भने,’निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई मासिक ४८ हजार ७ सय रुपैया दिन्न भन्न मिल्दैन, आयोगको निर्णय कार्यान्वयन हुन्छ ।’ सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरुले विरोध प्रदर्शन गर्दै मन्त्रालय घेरेपछि मन्त्री पौडेले नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरूसँग वार्ता गरेको हो ।
केही हप्ता यता निजी मेडिकल कलेजका आवासीय चिकित्कसहरुलाई सरकारी सरह निर्वाह भत्ता दिनुपर्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्र्दै आइरहेका छन् । आन्दोलनरत चिकित्सकहरुले भोलिदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।
गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर, निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गर्दै तलब सुविधा दिन आनकानी गरेपछि आन्दोलित भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, १५ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
संयुक्त राष्ट्रसंघीय आयोगमा स्वास्थ्यमन्त्रीको सम्बोधन
प्रतिनिधिसभामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग
नसर्ने रोगविरुद्धको ‘स्क्रिनिङ’अभियान सफल बनाउन मन्त्री पौडेलको अनुरोध
प्रदेशका स्वास्थ्य संस्थालाई अधिकार सम्पन्न बनाउन स्वास्थ्यमन्त्री पाठकको आग्रह
स्वास्थ्यमन्त्री पौडेल र मालदिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट