काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।
यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ।
यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ कायम भएको छ । तर, पेट्रोलको मुल्य भने बढाइएको छैन।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० कार्तिक २०८१, २० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोल र डिजेलको मूल्य बढ्यो
वीरगन्ज नाकाबाट घट्यो डिजेल आयात
पेट्रोलियम पदार्थको मूल्य घट्यो
आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य कार्यान्वयनमा
आजदेखि बढ्यो डिजेल र पेट्रोलको मूल्य
घट्यो पेट्रोल र डिजेलको मूल्य